• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन जारी

    1.2K
    SHARES



    काठमाडौँ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशलाई अवज्ञा गर्दै बाराको सिमरामा युवाहरूले विरोध प्रदर्शनजारी राखेका छन्।

    नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बढ्दो तनावका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो।

    आदेश अनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म दायाँ–बायाँ ५ सय मिटर क्षेत्र र सिमरा विमानस्थल आसपास ५ सय मिटर भित्र भेला, जुलुस, प्रदर्शन तथा कुनै पनि सामूहिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ।

    तर सिमराको मुख्य बजार क्षेत्रमा युवाहरू ठूलो संख्यामा भेला भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले निरन्तर माइकिङ गर्दै प्रदर्शन रोक्न र घर फर्कन आग्रह गरिरहेका छन्।

    बिहान सिमरा चोकमा एमाले कार्यकर्ताद्वारा जेनजी अगुवा सम्राट उपाध्यायमाथि गरिएको हातपातपछि स्थिति चर्किएको हो। एमालेले परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको र त्यसका लागि काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत बारातर्फ आउन लागेको बताएका थिए।

    उपाध्यायले मंगलबार सामाजिक सञ्जालमार्फत् कार्यक्रम असफल पार्ने उद्देश्यले शान्तिपूर्ण विरोधको आह्वान गरेका थिए। यही विषयलाई लिएर बुधबार बिहानै उपाध्यायमाथि भएको हातपातपछि आन्दोलित युवाहरू विमानस्थल क्षेत्रतर्फ पुगेका थिए।

    नेताहरू विमानस्थल भित्र प्रवेश गरेपछि जेनजी युवाहरूले मुख्य गेट भत्काई विमानस्थल परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए। उनीहरूले ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै नाराबाजी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। त्यसक्रममा दुवै पक्षबीच झडप पनि भएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ