बारा । नेकपा एमालेका नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् ।
एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारापुग्ने कार्यक्रम तय भएपनि यो समाचार तयार पर्दासम्म पुगेका भने छैनन् ।
सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा विमानस्थल घेराउ गरेका छन् । विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको छ ।
नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् ।
बस्नेत बारा आउने सूचना पाए लगत्तै मंगलवारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जाल मार्फत विरोध कार्यक्रम तय गरेका थिए ।
प्रतिक्रिया