• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आयोगले बढायो नयाँ दल दर्ताको समय, मंसिर ६ सम्म निवेदन दिन सकिने

    224
    SHARES



    काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ ।

    यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।

    नयाँ दल दर्ता गर्नेहरुको हकमा पनि मंसिर ६ गतेसम्म प्रक्रिया पुर्‍याएर आएका निवेदन लिने र चुनावका लागि पुन: ७ गतेभित्र दर्ता गर्नुपर्ने छ ।आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको प्रवक्ता भट्टराईले बताए ।

    प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताए । थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ