• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जेनजी कवीरले हाँक्नेछन् नागरिक उन्मुक्ति पार्टी नेपाल, पायो दल दर्ताको प्रमाणपत्र

    707
    SHARES



    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल दर्ता गरेका रेशम चौधरीले पार्टीमा जेनजी युवालाई अध्यक्ष बनाएका छन् ।

    जेनजी आन्दोलनपछि भएको परिवर्तनलाई आत्मसाथ गर्दै रेशमले नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने)को अध्यक्षमा २५ वर्षीय जेनजी युवा कवीर सोबलाई अध्‍यक्ष बनाएका हुन् । रेशम भने पार्टीको संरक्षक बसेका छन् ।

    यसैबीच नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । चुनाव चिह्‍न जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो ।

    योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।

    आयोगका अनुसार कुल दर्ता दलको संख्या १२६ छ । नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ