• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चार दलीय समाजवादी मोर्चा २८ महिनामै विघटन

    783
    SHARES



    काठमाडौँ । चार दलीय समाजवादी मोर्चा २८ महिनामा विघटन भएको छ । समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारण बनाउने र भविष्यमा पार्टी एकता गर्ने गरी बनेको मोर्चा विघटन भएको हो ।

    मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधवार विज्ञप्ति जारी गरी अलग भएको घोषणा गरेका छन् । जेनजी विद्रोहपछि राजनीतिक परिवेश र धारणाहरू व्यापक फेरबदल भएको, सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता तथा मोर्चाबन्दीमा सहभागी भएकाले मोर्चाको औचित्य समाप्त भएको विप्लवले निष्कर्ष निकालेका छन् ।

    ‘जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरू आवश्यक बनेका छन् र बढी पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ