• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    यस्तो बन्यो कुलमानको समर्थन रहेको उज्यालो पार्टी ! सूचीसहित

    10K
    SHARES



    काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ ।

    उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । सार्वजनिक सूची अनुसार, पार्टीको अध्यक्षमा ई. अनुपकुमार उपाध्याय (कैलाली) लाई प्रस्ताव गरिएको छ । अध्यक्षबाहेक अन्य ५० जना सदस्य प्रस्तावित गरिएको छ ।

    केन्द्रीय कमिटी सूचीमा डा. अभिषेकराज सिंह, रिमा विश्वकर्मा, टासी ल्हान्जोम, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत, ई. दिपेन्द्र जम्मकट्टेल, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिं थेगिम, जितराम लामा, अरविन्द शाह, निर्देश सिलवाल लगायत छन् ।

    सूचीमा रहेका थेगिम इलाममा भएको पछिल्लो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । पहिचानवादी नेता रहेका उनी मुढा चुनावचिन्ह लिएर निर्वाचनमा सहभागी भएका थिए । उनले इलाम उपनिर्वाचनमा लोभलाग्दो मत पाएका थिए ।

    निर्देश सिलवाल विवेकशील साझा पार्टीमा आबद्ध थिए । उनले पछि पार्टी छाडेका थिए । डा. अभिषेकराज सिंह डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको अभियानमा रहेका व्यक्ति हुन् । उनले नेपाल किक्रेट संघका खेलाडीको चिकित्सकका रुपमा काम गरेका व्यक्ति हुन् ।

    डा. सागर ढकाल वातावरणविद् हुन् । उनी वातावरण विषयमा प्राध्यापन समेत गर्छन् । महेन्द्रसुन्दर लावती पहिचानवादी मोर्चामा सक्रिय व्यक्ति हुन् । पहिचानवादी आन्दोलनका क्रममा उनी अग्रभागमा खटिएका थिए ।

    जितराम लामा पूर्व एमाले हुन् । उनी काभ्रेको चौरीदेउराली गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनका बेला अध्यक्षको उम्मेदवार पनि बनेका थिए । उनी उज्यालो नेपाल अभियानमा सुरुदेखि नै जोडिएका व्यक्ति हुन् ।

    उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेको थियो । त्यसकारण आज केन्द्रीय कमिटी र विधान थप गर्नका लागि आयोगमा निवेदन दिइएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ