• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    126
    SHARES



    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।

    मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

    तालिका अनुसार उद्‍घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्ने छन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

    तालिकाअनुसार एनपीएलको प्लेअफका ३ तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

    त्रिवि क्रिकेट रंगशालामा १० हजार क्षमताको पारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ