• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुकुम्बासी बस्तीमा पुगेर दुर्गा प्रसाईंले गरे बालेनविरुद्ध लड्ने घोषणा

    741
    SHARES



    काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। उनले भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन्।

    बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन्। उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे।

    प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिए। उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिएका छन्।

    यस क्रममा उनले बालेन शाहसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ खाएको आरोपसमेत लगाएका छन्।

    दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए।

    महानगरको अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने तयारी भइरहेको बेला उनको यो कदमलाई मेयर बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ