• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बागलुङ पिकअप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

    473
    SHARES



    ढोरपाटन । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।

    शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।

    दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

    घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र घाइते अदै घर फर्किएको उनको भनाइ छ । पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ