• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मिसेस नेपाल वर्ल्ड २०२५ की प्रतियोगी बिध्या चौहान : युवाको प्रेरणाको प्रतीक

    461
    SHARES



    काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतियोगीमध्ये एक बिध्या चौहान आज हजारौं नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्। रामेछापको विकट गाउँ फूलासीमा जन्मेकी उनी नेपालको सुदूरपश्चिमकी बुहारी हुन्।

    शिक्षाको हिसाबले उनी नर्स भए पनि, परिवारको व्यवसायलाई नेतृत्व गर्दै भवानि ग्रुपको सञ्चालकको रूपमा ३० वर्षको उमेरमै सफल महिला व्यवसायिका रूपमा परिचित छिन्। भवानि ग्रुपमार्फत उनले ३ हजारभन्दा बढी युवालाई रोजगार सिर्जना गरिरहेकी छन्।

    बिध्या चौहानले परिवार, व्यवसाय र सामाजिक कार्यबीच सन्तुलन कायम गर्दै प्रमाणित गरेकी छन् कि महिलाको शक्ति केवल घरपरिवारमा सीमित छैन। महिलाले चाहे जुनसुकै क्षेत्रमा सफलता हाँसिल गर्न सक्छन्।

    उनले आफ्नो अनुभव साझा गर्दै भनिन्, “मिसेस नेपाल वर्ल्ड प्रतियोगितामा भाग लिएर मैले केवल व्यक्तिगत अनुभव मात्र पाइन, यो मेरो जीवनको एउटा शिक्षाप्रद यात्रा पनि बन्यो। हार–जितलाई सामान्य प्रक्रियाका रूपमा लिएर मैले नयाँ कुराहरू सिकेँ र फरक दृष्टिकोण पाएँ।”

    मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा आयोजना हुँदैछ। बिध्याका अनुसार, प्रतियोगितामा श्रीमान ई. भवानी ओझा, परिवार र आफन्तहरूको ठूलो हौसला र साथ रहेको छ।

    प्रतियोगिताको तयारीमा जुटिरहेकी बिध्या चौहानले यो अवसरलाई नेपाली महिलाहरूको क्षमता र सामर्थ्य देखाउने प्लेटफर्मको रूपमा उपयोग गर्दै आएकी छिन्। उनी चाहन्छिन् कि उनका कथाले देशभरका महिलाहरूलाई सपना पछ्याउने र असम्भवलाई सम्भव बनाउने प्रेरणा प्रदान गरोस्।

    विशेषज्ञहरूका अनुसार, बिध्या जस्ता प्रतिभाहरूले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वको महत्वलाई थप उजागर गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ