• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    इन्टरनेटमा नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ

    782
    SHARES



    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकालाई प्रलोभनमा पार्दै चरित्र हत्या गर्ने एक युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोका अनुसार पक्राउ पर्ने व्यक्ति सिरहा जिल्ला, कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवनकुमार साह हुन्।

    प्रहरीका अनुसार साहले फेसबुकमा पीडित नाबालिकासँग मित्रता गाँसेर म्यासेन्जरमार्फत कुराकानी गर्ने क्रममा उनलाई ललाइफकाई भिडियो कलमा नग्न हुन बाध्य पारी संवेदनशील अङ्ग देखाउन लगाएका थिए। त्यसपछि उनले उक्त भिडियो र तस्बिरको स्क्रिनसट तथा रेकर्ड गरी फेक फेसबुक खाता प्रयोग गरेर सार्वजनिक गरेका थिए, जसले पीडित नाबालिकालाई अपमानित र मानसिक रूपमा पीडित बनाएको बताइएको छ।

    साइबर ब्यूरोमा पीडितले दिएको उजुरीका आधारमा गरिएको अनुसन्धान र प्राविधिक विश्लेषणपछि साहको संलग्नता पुष्टि भएपछि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको सहयोगमा सिरहाबाट कात्तिक १७ गते पक्राउ गरेको हो।

    काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिएका छन्। प्रहरीका अनुसार साहमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान जारी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ