• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा सुनुवाइ स्थगित

    2.5K
    SHARES



    काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो। सो इजलासमा न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेल बसेका थिए।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनअनुसार आफ्नो हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

    त्यस आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। यसअघि सहकारी ठगीसम्बन्धी बिगो रकम बुझाएर थुनामुक्त हुन माग गरिएको निवेदनमा उच्च अदालतले लामिछाने र जोशीको मुद्दा संयुक्त रूपमा हेर्ने आदेश दिएको थियो।

    सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत निवेदनसहित पेस गरेका थिए।

    जोशीले पनि त्यति नै रकम बराबरको जमानत पेस गरेका थिए। तर दुवैको हकमा उनीहरूको हिस्सामा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश गरेको थियो। हाल पुर्पक्षका लागि दुवै जना कारागारमा छन्। लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ