काठमाडौं । सोलुखुम्बुको लुबुचे क्षेत्रमा आज बिहान एक हेलिकप्टर दुर्घटना भएको छ। अल्टिच्युट एयरको सो हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिएकी छन्।
उनका अनुसार सो हेलिकप्टरमा कुनै यात्रु थिएनन्, र पाइलटको सकुशल उद्धार गरिएको छ। दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उद्धार कार्यका लागि लुबुचेतर्फ गइरहेको बताइएको छ। हेलिकप्टर क्षतिग्रस्त भए पनि ठूलो जनधनको क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
यसबीच, स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ भने दुर्घटनाको विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया