काठमाडौं । काठमाडौंमा प्रहरीले होस्टलमा स्वीप अपरेसन गरी हत्कडी, प्रहरीको लौरो र अन्य सामान बरामद गरेको छ। आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका–३२, सुविधानगरमा रहेको सम्पदा ब्वाइज होस्टलको बी ब्लक र प्रयागमार्गस्थित ए ब्लकमा अपरेसन सञ्चालन गरेको थियो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानिपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार, ए ब्लकबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीले प्रयोग गर्ने लौरो बरामद भएको छ।
सामान बरामद भएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया