काठमाडौँ। जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएपछि, महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत दुई प्रहरीको हत्या आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा घरका २१ वर्षीय सोम गुरुङ, तनहुँ घरका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घरका १७ वर्षीय सुमित तितुङ, रामेछाप घरका १६ वर्षीय दीपक मगर प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले कुटपिट गरेर दुई प्रहरीको हत्या गरेको देखिएको छ।
यसअघि चार जना आरोपीहरू युवराज क्याप्छाकी काभ्रे, सोनाम तामाङ (बुद्धिलाल थिङ) मकवानपुर, होम प्रसाद पौडेल सिन्धुपाल्चोक, टिकाराम विक उदयपुर कारागार चलान भएका थिए। कि क्याप्छाकी र थिङले जवान उत्तम थापाको हत्या गरेका थिए भने पौडेल र विकले असई मिलन रायको हत्या गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले भने, “नयाँ पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान सकिएपछि पूरक अनुसन्धान प्रतिवेदन पेश गरिनेछ।” सुमित तितुङ र दीपक मगरलाई असार ३१ देखि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। हत्यामा संलग्न अरू ३ जना आरोपी कार्तिक ३ मा पक्राउ परेका थिए।
प्रतिक्रिया