• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मन्त्री खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी

    0.9K
    SHARES



    काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएको छ। दैलेखको नारायण नगरपालिका–२, भैसेखोर घर भएका सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

    उक्त मुद्दा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा दायर भएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले सुनारलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए। अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    मुद्दा २०८१ असार १४ मा दर्ता भएको थियो। अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेको खण्डमा ३५ दिने पुर्जी तामेल गर्ने निर्देशन जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाएको थियो। २०८१ मङ्सिर २१ मा पक्राउ गरी उपस्थित गराउन पनि अदालतले पत्राचार गरेको थियो।

    सुनारविरुद्ध सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएका थिए। दैलेखका डीएसपी गणेश बरालले सो पत्रबारे अनभिज्ञता जनाउँदै भने, “म अहिले बाहिर छु।”

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ