• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    छठ पर्वलाई लक्षित गर्दै सिराहामा ९ सय बढी सुरक्षाकर्मी परिचालित

    550
    SHARES



    सिराहा । छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सिराहाले विशेष सुरक्षा योजना लागू गरेको छ। तराईको प्रमुख धार्मिक र सांस्कृतिक पर्वका रूपमा मनाइने छठका अवसरमा भीडभाड, दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि कडा निगरानी गरिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी प्रमुख एसपी अनन्त राम शर्माका अनुसार, सुरक्षा व्यवस्था मजबुत बनाउन ६५० जना नेपाल प्रहरी र ३०० जना सशस्त्र प्रहरी खटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिराहाका नायव उपरीक्षक डीएसपी सुनिल गिरीका अनुसार, जिल्ला भरिका घाट र संवेदनशील स्थानमा विशेष प्रहरी गस्ती बढाइएको छ।

    सिराहा जिल्लामा कुल ३६४ वटा छठका घाटहरू रहेका छन्। यी सबै घाटहरूमा सुरक्षाकर्मी तैनाथ गरिने तयारी भएको र भीड व्यवस्थापनका लागि सादा पोसाकका प्रहरी पनि पर्याप्त मात्रामा परिचालन गरिएको प्रहरीले जनाएको छ।

    एसपी शर्माले महिलामाथि हुने दुर्व्यवहार, चोरी, लुटपाटजस्ता घटनालाई रोकथाम गर्न प्रहरी सतर्क रहेको बताए। उनले छठ पर्व शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्न सर्वसाधारणलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।

    यसैबीच, प्रहरीको विशेष गस्ती टोलीले बजार क्षेत्र, भीडभाड हुने स्थान र सवारी साधनमा समेत निगरानी बढाएको छ। जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा स्थानीय तह र स्वयंसेवी समूहहरूको सहयोगमा सुरक्षा व्यवस्था बलियो बनाइएको सिराहा प्रहरीले जानकारी दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ