• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बिजुलीको बिल साटो उल्टै सरकारलाई धम्की दिने उद्योगीलाई कडा कारबाही होस्‌ : काँग्रेस नेता आचार्य

    3.8K
    SHARES



    काठमाडौँ । नेपाली काँग्रेसका नेता बाबुराम आचार्यले बिजुलीको विल नतिर्ने ठुला उद्योगहरूको लाइन काटेर सरकारले जनताको मन जितेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफैँ बिजुलीको बिल नतिर्ने, लाइन काट्दा बिद्युत् प्राधिकरणलाई उद्योगको चाबी बुझाउँछु भन्ने धम्की दिने उद्योगी अपराधी हुन्, भनेका छन् ।

    जेएनजी आन्दोलनबाट नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलहरूलाई विस्थापित गर्दै बनेको सुशीला कार्की सरकारले बिजुलीको विल नतिर्ने १८ वटा ठुला कम्पनीहरूको बिजुलीको लाइन काटेको छ भने उद्योगहरूले बिजुलीको बिल तिर्न नसकेका कारण उद्योगको चाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।

    सर्वसाधारणले सानो रकमको बिल नतिरे घरको लाइन नै काटेर अँध्यारो हुने तर ठुला कम्पनीहरूले शक्तिको आडमा बिजुलीको बिल नतिरेको आरोप सर्बसाधारणबाट लागेको बेला सरकारको यस विषयमा समर्थन गर्दै नेता आचार्यले त्यस्ता बिजुलीको बिल तिर्न आनाकानी गर्दै उल्टै धम्की दिनेलाई सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तिनिहरुलाई कडा कारबाही होस् ! भनेका छन् ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कार्यकालमा बिजुलीको बिल नतिर्ने ठुला उद्योगीलाई संरक्षण गर्दा उक्त सरकारको सर्वत्र आलोचना भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ