• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    ज्योतिष विज्ञान

    शुक्रबार कुन राशिका लागि शुभ ?

    682
    SHARES



    वि.सं.२०८२ साल कार्तिक ७ गते । शुक्रबार । ईश्वी सन् २०२५ अक्टोबर २४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–तृतीया, बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त चतुर्थी ।

    नक्षत्र–अनुराधा, अहोरात्र । योग–सौभाग्य, रातको ५ बजेर ३८ मिनेट उप्रान्त शोभन । करण–तैतिल, बिहान ९ बजेर २८ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–वृश्चिक । विश्व विकाश सूचना दिवस । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेट । दिनमान २८ घडी ०७ पला ।

    आजको बार बेला ।

    बिहान ६ बजेर १० मिनेटसम्म चर बेला ।
    बिहान ६ बजेर ११ मिनेटदेखि बिहान ७ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
    बिहान ७ बजेर ३५ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म अमृत बेला ।
    बिहान ८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
    बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
    बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १२ मिनेटसम्म रोग बेला ।
    दिउसो १ बजेर १३ मिनेटदेखि दिउसो २ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
    दिउसो २ बजेर ३७ मिनेटदेखि बेलुकी ४ बजेर ० मिनेटसम्म चर बेला ।
    बेलुकी ४ बजेर १ मिनेटदेखि बेलुकी ७ बजेर ० मिनेटसम्म रोग बेला ।
    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

    राहुकाल
    बिहान १० बजेर २२ मिनेटदेखि बिहान ११ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

    ब्रह्म मुहूर्त
    बिहान ४ बजेर ३३ मिनेटदेखि बिहान ५ बजेर २१ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    व्यापार तथा उद्योगमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ । वैदेशिक रोजगारीले दैनिक सहज बन्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    मन परेको मानिसबाट विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । यात्रा,मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । छोटो तथा उपलब्धिमूलक यात्रा हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाइने हुनाले मान सम्मान पाइनेछ । इच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाइनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटोपार्टस् सम्बन्धी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दान, धर्म तथा धार्मिक कार्यमा समय व्यतीत हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    खोज तथा अनुसन्धानको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । आफन्त तथा दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । उपभोग्य वस्तु, हार्डवेयर तथा निर्माण सामाग्रीमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ