• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिन्धुलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    538
    SHARES



    काठमाडौं। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार इम्बोस्ड नम्बर प्लेट एएए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ का ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका होइदेनलाई उद्धार गरी उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर करिब १५ फिट तल भिरमा खसेको थियो। इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उनलाई उद्धार गरी तत्काल अस्पताल पुर्‍याएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ