• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रक्सी पिएर होहल्ला गर्ने व्यक्ति पक्रँदा साथमा भेटियो पेस्तोल

    1.5K
    SHARES



    पाटन । ललितपुर प्रहरीले धापाखेल क्षेत्रबाट रक्सी सेवन गरी होहल्ला गर्दै हिँडेका एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार गए राति करिब २ः५० बजे खोटाङ, साकेला गाउँपालिका–१ का शिवकुमार विकलाई पक्राउ गरिएको हो।

    विकको साथबाट चाइनिज पेस्तोल थान–१, ५००००४९१ नम्बरको म्याग्जिन (गोली नभएको), चार लाख अठहत्तर हजार रुपैयाँ नगद, र मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विक हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्दै आएका थिए।

    उनी मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्ने सूचना स्थानीयबाट प्राप्त भएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरी उपरीक्षक जोशीले बताए अनुसार शंका लागेपछि जाँच गर्दा पेस्तोल, म्याग्जिन, नगद र अन्य सामग्री फेला परेका हुन्।

    विकलाई हाल नियन्त्रणमा राखी अवैध हतियार तथा मादक पदार्थ सेवन सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ