• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

    751
    SHARES



    काठमाडौं । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ जोड्ने मितेरी पुल (बेलिब्रिज) निर्माण अन्तिम चरणमा पुगेको छ। हाल पुलमा बेलिब्रिज जडान गरी दायाँ–बायाँ बार उठाइसकिएको छ भने अब गाडी गुड्ने तयारीका लागि बिच भागमा स्ल्याब राख्ने काम मात्र बाँकी रहेको छ।

    गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका सूचना अधिकारी इन्जिनियर अमरेन्द्र कुमार यादवका अनुसार पुलको सम्पूर्ण निर्माणकार्य चीनले आफ्नै खर्चमा गरिरहेको छ। उनले भने, “पुलको सबै काम चीनले नै गरिरहेकाले हामीसँग विस्तृत विवरण छैन, तर अब स्ल्याब राख्ने तयारी हुँदैछ। स्ल्याब राखिएपछि सवारीसाधन चल्न थाल्ने देखिन्छ।”

    स्थानीयका अनुसार चिनियाँ टोलीले छठ पर्वलगत्तै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित तीव्रगतिमा काम गरिरहेको छ। गत असार २४ गते चीनतर्फबाट बगेर आएको केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवागढी–केरुङ जोड्ने पुरानो पक्की पुल बगाएको थियो। त्यसपछि चीन सरकारले नै तत्काल बेलिब्रिज निर्माण सुरु गरेको हो।

    रसुवागढी–केरुङ नेपाल र चीनबीचको तातोपानीपछि दोस्रो ठूलो व्यापारिक नाका हो। पुल बगेपछि यो मार्गमार्फत हुने सम्पूर्ण व्यापार रोकिएको थियो, जसले नेपाल–चीन व्यापारिक आवागमनमा ठूलो असर पारेको थियो। अब नयाँ बेलिब्रिज सञ्चालनमा आएपछि दुई देशबीचको व्यापारिक र मानवीय आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ