• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

    499
    SHARES



    चितवन । चितवनको भरतपुर महानगरपालिका–१०, एयरपोर्ट नजिक सोमबार राति भएको स्कुटर दुर्घटनामा दुई युवाको ज्यान गएको छ। प्रहरीका अनुसार राति करिब २ बजे बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र सोही स्थानका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।

    दुवैजनालाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति करिब २:३५ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमै राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ