• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने

    1.1K
    SHARES



    काठमाडौँ । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ। विपिनको शव बोकेको फ्लाई दुबईको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित हुने भएका छन्। विपिनको शव विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेपछि धनगढीमार्गे कञ्चनपुरको भीमदत्तनगरपालिकास्थित उनको घर पठाइने छ। त्यहाँ उनको अन्तिम संस्कार आजै सम्पन्न गरिने तयारी गरिएको छ।

    इजरायलमा अध्ययनरत २२ वर्षीय विपिन जोशीलाई गत २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो। त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो। पछिल्लो असोज २७ गते इजरायली अधिकारीहरूले विपिनको मृत्यु पुष्टि गरेका थिए।

    युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणपछि शव विपिनकै भएको प्रमाणित भएको र फरेन्सिक रिपोर्टअनुसार अपहरण भएताकै मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।

    शव नेपाल पठाउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरियन विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा विपिनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ