• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

    1K
    SHARES



    कैलाली। कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न माग गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको करिब ३०० बिघा अतिक्रमित जग्गा संरक्षणका लागि तत्काल सरकारी पहल गर्न लिखित माग गरेका हुन्।

    उपकुलपति पन्तका अनुसार, अतिक्रमित जग्गा दीर्घकालीन रूपमा क्याम्पसको स्वामित्वमा फिर्ता ल्याउन उच्चस्तरीय आयोग गठन गरी छानबिन र व्यवस्थापन प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको हो। “क्याम्पस र विश्वविद्यालयको सम्पत्ति सुरक्षित गर्न सरकारको ठोस कदम आवश्यक छ,” पन्तले भने, “त्यसका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन अनिवार्य छ।”

    त्यस अवसरमा मन्त्री महावीर पुनले विश्वविद्यालयका प्रतिनिधिहरूको मागलाई सकारात्मक रूपमा लिएको बताए। रजिस्ट्रार लेखकका अनुसार, मन्त्री पुनले उक्त विषयमा तात्कालिक रूपमा आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ