• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिनका लागि बन्द

    433
    SHARES



    रुकुमपूर्व। रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने मध्यपहाडी लोकमार्गको रानिकोट–किटनी सडकखण्ड १९ दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार, सडकखण्डमा बाँकी निर्माण कार्य सम्पन्न गर्नको लागि यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा पूर्ण रोक लगाइएको छ।

    मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले बाँकी निर्माण कार्यलाई समयमै सम्पन्न गर्न तत्काल सवारीसाधन रोक्ने प्रस्ताव पेश गरेका थिए। सोही प्रस्तावको आधारमा प्रशासनले १९ दिनका लागि सडक बन्द गर्ने निर्णय गरेको हो।

    प्रहरी र स्थानीय प्रशासनले सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न अनुरोध गरेका छन्। ठूला सवारीसाधनले कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत मार्ग प्रयोग गर्न सक्ने छन् भने साना सवारीसाधनहरूले कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्नेछन्।

    सडक बन्द हुँदा आवागमनमा असुविधा हुन सक्ने भएकाले प्रशासनले यात्रुहरूलाई आवश्यक तयारीका साथ यात्रा गर्न सचेत गरेको छ। – रुकुमपूर्वबाट बालाराम शेर्पाली

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ