• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विपिन जोशीको अवस्था अझै अज्ञात, सेनाले सुरुङभित्र खोज्दै छ : राजदूत पण्डित

    1.7K
    SHARES



    काठमाडौँ । हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।

    राजदूत पण्डितका अनुसार, हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा विपिन जोशीको नाम नरहेको औपचारिक जानकारी प्राप्त भएको छ। उनले भने, “आज बिहान इजरायल समय अनुसार ७:३० बजे इजरायली सेनाबाट फोन आयो। म, विपिनका दाजु दीपक जोशी, बहिनी पुष्पा जोशी र इजरायली सेनाका प्रतिनिधिबीच सामूहिक भिडियो कुराकानी भयो। सो क्रममा सेनाले विपिन जीवितहरूको सूचीमा नरहेको आधिकारिक रूपमा जानकारी गरायो।”

    उनले थपे, बहुराष्ट्रिय सेनाले गाजा क्षेत्रमा रहेको हमासको सुरुङभित्र खोजी कार्य जारी राखेको तर अहिलेसम्म विपिनको अवस्था पत्ता नलागेको बताए। “विपिनको शव समेत प्राप्त भएको छैन,” राजदूत पण्डितले स्पष्ट पारे।

    विपिनका दाजु दीपक जोशीले भने आफ्नो परिवार अझै पनि आशावादी रहेको बताए। “इजरायली पक्षले २० जनाको सूचीमा नाम नरहेको भन्यो। तर जबसम्म सबै बन्धकको रिहाई हुँदैन, हामीले विपिन जीवितै छन् भन्ने विश्वास छ,” उनले भने।

    विपिन जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर गाजातर्फ लगेका थिए। त्यसयता उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन। यसबीच, परराष्ट्र मन्त्रालयले भने विपिनको अवस्थाबारे हालसम्म कुनै औपचारिक सूचना प्राप्त नभएको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ