• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कर्पोरेट विजनेश

    सुनको भाउले नाघ्यो २ लाख ४० हजार, चाँदी ३२ सय माथि

    517
    SHARES



    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँले बढ्दै सुनको भाउ २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार नयाँ उच्च मूल्यमा पुगेको हो। यो हालसम्मकै सबैभन्दा उच्च दर हो।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ। अन्तर्राष्ट्रिय वृद्धिको असर नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ।

    त्यस्तै, चाँदीको भाउ पनि निरन्तर बढ्दो क्रममा छ। सोमबार प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको चाँदी अघिल्लो दिनको तुलनामा ९५ रुपैयाँले महँगिएको हो।

    विशेषज्ञहरूका अनुसार विश्व बजारमा बढ्दो अस्थिरता, जिइओ पोलिटिकल तनाव र लगानीकर्ताहरूको सुरक्षित विकल्पतर्फको झुकावले सुन–चाँदीको मूल्यमा तीव्र उछाल आएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ