• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    746
    SHARES



    झापा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बिहान झापाका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन्।

    मन्त्री घिसिङले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएका अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीहरूको अवस्था अवलोकन गरेका हुन्। बाढी–पहिरो प्रभावित इलामका विभिन्न क्षेत्रको अवलोकनपछि फर्किने क्रममा उनले अर्जुनधारा नगरपालिकाको बुट्टाबारी–सालबारी–चियापानी–कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको समेत निरीक्षण गरेका छन्।

    झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गत कनकाईमाई खोलामा निर्माणाधीन पुल, साथै वर्षाको कारण दबिएको सानोमाई पुल र वरपरका क्षेत्रको अवलोकन गरेका थिए।

    सोही क्रममा मन्त्री घिसिङले झापा गाउँपालिका–२ का बाढी प्रभावित स्थानीय बासिन्दासँग संक्षिप्त अन्तरक्रिया गर्दै राहत र पुनर्निर्माण कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ