• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    म्याग्दीमा जिप दुर्घटना हुँदा १५ जना घाइते

    1K
    SHARES



    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलका अनुसार रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप दुर्घटनाग्रस्त भएको हो।

    दुर्घटनामा घाइते भएका सबैलाई स्थानीयबासी र प्रहरीको सहयोगमा उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि लगिएको थियो। अस्पतालले १० जनालाई उपचारपछि डिस्चार्ज गरेको र बाँकी पाँच जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

    प्रारम्भिक अनुसन्धानअनुसार ओरालो बाटोमा ब्रेक फेल भएर जिप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको प्रहरीको भनाइ छ। घटनापछि जिपका चालक चन्द्र पुर्जालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ