• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सप्तकोशीमा खतरा स्तर पार, प्रशासनले जारी गर्‍यो रेड अलर्ट

    729
    SHARES



    विराटनगर । देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। कोशी ब्यारेजमा आइतबार बिहान ४ लाख ८६ हजार ७६० क्युसेक पानीको बहाव मापन गरिएको जनाइएको छ।

    बहाव बढेसँगै उच्च सतर्कता (रेड अलर्ट) जारी गरिएको छ भने ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। जलस्रोत तथा कोशी ब्यारेजका प्राविधिकका अनुसार, नदीमा थप पानी बढ्ने सम्भावना कायम छ।

    सुरक्षाका दृष्टिले ब्यारेज हुँदै सवारी साधन र पैदल आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सप्तरी र सुनसरी दुबै तर्फबाट ढाँट लगाएर आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    स्थानीयका अनुसार, पानीको सतह पुलसम्म पुगेको छ र कोशी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    गत वर्षको असोजमा कोशी ब्यारेजमा ५ लाख ५७ हजार क्युसेक पानीको बहाव मापन गरिएको थियो, जुन सन् १९६८ यताकै सबैभन्दा धेरै थियो। त्यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक मापन गरिएको थियो।

    सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई आवश्यक परेमा सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ। स्थानीय प्रशासन, सशस्त्र प्रहरी र जलस्रोत कर्मचारीहरू सतर्क अवस्थामा खटिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ