• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान पुनः सुरु

    441
    SHARES



    काठमाडौँ । लगातारको अविरल वर्षाका कारण हिजोदेखि स्थगित भएका आन्तरिक हवाई उडान आज बिहानैदेखि पुनः सञ्चालनमा आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मौसममा सुधार आएसँगै देशका विभिन्न गन्तव्यतर्फ उडानहरू सुरु भएको जानकारी दिएको हो।

    कार्यालयका अनुसार आज बिहानै काठमाडौँबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान सम्पन्न भइसकेका छन्। साथै पोखरा र सुर्खेत क्षेत्रमा समेत मौसम अनुकूल भएको जानकारी आएपछि ती गन्तव्यतर्फका उडानहरू पनि क्रमशः सञ्चालनमा ल्याइँदै छन्।

    विमानस्थलका प्रवक्ताले भने, “मौसम सुधारसँगै आन्तरिक उडान क्रमशः सामान्य ढंगले सञ्चालन हुँदैछन्। यात्रुहरूलाई आवश्यक जानकारी विमान कम्पनीहरूले आफ्ना काउन्टर र वेबसाइटमार्फत दिइरहेका छन्।”

    यसअघि, देशका विभिन्न भागमा भारी वर्षा र न्यून दृश्यताको कारण हिजो बिहानदेखि आन्तरिक उडानहरू स्थगित गरिएको थियो। अन्तर्राष्ट्रिय उडानहरू भने हिजो बेलुकादेखि नै नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ