• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा ड्युटीमा रहन गृहको आदेश

    420
    SHARES



    काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरूलाई २४ घण्टा कार्यालयमा उपस्थित रहन निर्देशन दिएको हो ।

    मन्त्रालयले सबै जिल्लाका सिडिओहरूलाई पत्र पठाउँदै विपद् व्यवस्थापनमा तत्कालीन प्रभावकारी भूमिका निर्वाह गर्न आह्वान गरेको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई मौसम र सडकको अवस्थाअनुसार सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्ने, यात्रुहरूलाई स्थानीय तह र संघ–संस्थासँग समन्वय गरी खानपानको व्यवस्था मिलाउने, तथा आपत्कालीन अवस्थाका एम्बुलेन्सलाई सहज आवागमनका लागि प्राथमिकता दिने निर्देशन समेत दिइएको छ ।

    त्यस्तै, बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरसम्म सुरक्षित रूपमा पु-याउने व्यवस्था मिलाउन पनि गृहले स्पष्ट निर्देशन दिएको छ । मन्त्रालयले जोखिमपूर्ण भूभागमा बसोबास गरिरहेका परिवारलाई स्थानीय तहसँगको सहकार्यमा नजिकको विद्यालय वा खुला स्थानमा अस्थायी रूपमा सार्न आग्रह गरेको छ ।

    साथै, संभावित विपद् न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच निरन्तर समन्वय कायम गर्न भनिएको छ । गृह मन्त्रालयका अनुसार, निरन्तर वर्षाका कारण देशका विभिन्न भूभागमा सडक अवरुद्ध, नदी किनारका बस्ती डुबानमा पर्ने र पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले हरेक जिल्ला प्रशासनले सतर्कता नछोड्नुपर्ने जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ