• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तीन दिनका लागि काठमाडौं आवागमन बन्द

    1.5K
    SHARES



    काठमाडौं । लगातारको वर्षा र पहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लागि काठमाडौं उपत्यकामा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसी का अनुसार, निरन्तरको वर्षाले देशका मुख्य राजमार्गहरू जोखिमपूर्ण बनेकाले काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधनहरूलाई अस्थायी रूपमा रोक लगाइएको हो।

    प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “अविरल वर्षाका कारण सडकका धेरै स्थानमा पहिरो खस्ने र आवत–जावतमा ज्यानमाथि जोखिम बढ्ने देखिएकाले काठमाडौं उपत्यकामा सवारी साधन प्रवेश र निर्गमन तीन दिनका लागि पूर्णरूपमा बन्द गरिएको छ।”

    यस अवधिमा काठमाडौं भित्रिने–बाहिरिने नागढुंगा, साँगा, फर्पिङ र फुल्के सडकखण्डमा विशेष निगरानी राखिने बताइएको छ। प्राधिकरणले अत्यावश्यक सेवामा संलग्न सवारी साधनबाहेक अरू सबैले यात्रा स्थगित गर्न आग्रह गरेको छ।

    विपद् व्यवस्थापन संयन्त्रका अनुसार, वर्षाको प्रभाव देशभर फैलिँदै गएपछि बाढी, पहिरो र सडक अवरोधका घटना बढेका छन्। सडक विभागले पनि जोखिमपूर्ण सडकहरूमा सवारी चलाउँदा सतर्कता अपनाउन आग्रह गरेको छ।

    “जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो। जोखिमका कारण अस्थायी रोक लगाइएको हो, अवस्था सामान्य बनेपछि आवागमन तुरुन्त खुलाइनेछ,” विपद् कार्यप्रमुख केसीले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ