• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    मौसम बिग्रिएपछि उडान ठप्प, त्रिभुवन विमानस्थलमा यात्रुको भिड

    700
    SHARES



    काठमाडौं । देशभरको खराब मौसमका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई उडानहरू स्थगित भएका छन्। लगातारको वर्षा र बादलले दृश्यता अत्यन्त न्यून भएपछि शनिबार बिहानदेखि विमानस्थलको आन्तरिक टर्मिनलमा सबै उडान–अवतरण रोकिएको विमानस्थल स्रोतले जनाएको छ।

    उडान स्थगित भएपछि आन्तरिक टर्मिनलमा यात्रुहरूको ठूलो भीड लागेको छ। उडान कहिले सुरु हुने भन्ने अनिश्चितताले यात्रुहरू तनावमा परेका छन्। कतिपय वायुसेवा कम्पनीहरूले मौसम सामान्य नहुँदासम्मका लागि टिकट क्यान्सिल गर्न सुरु गरेका छन् भने कतिले अर्को उडानमा सार्ने व्यवस्था मिलाइरहेका छन्।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म वर्षा जारी छ। महाशाखाले पानीको मात्रा अझै बढ्ने सम्भावना रहेको र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

    यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेकका सवारी साधन नचलाउन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ