• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नागढुंगाबाट काठमाडौं फर्किए सयौं सवारी

    1.4K
    SHARES



    काठमाडौं । धादिङतर्फ जाँदै गरेका सयौं सवारी साधनलाई प्रहरीले नागढुंगा चेकपोस्टबाट फर्काएको छ। लगातारको वर्षाका कारण नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि प्रहरीले सवारी आवागमन रोक्दै चालक र यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो।

    शनिबार बिहानैदेखि सडकमा पहिरो खसेका कारण सडक तत्काल खुलाउन नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ। सोही कारण प्रहरीले नागढुंगामा माइकिङ गर्दै धादिङतर्फ यात्रा नगर्न आग्रह गरेको थियो। प्रहरीको अनुरोधपछि रोकिएका सवारी साधनहरू बिस्तारै काठमाडौं फर्कन थालेका छन्।

    नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार, बिहान साढे ९ बजेसम्म करिब दुई सयभन्दा बढी गाडी काठमाडौं फर्किसकेका छन्। प्रहरीले भनेको छ —“हाम्रो अनुरोधलाई सकारात्मक रूपमा लिएर फर्कनुभएका सबै यात्रु, चालक र सहचालकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं। तपाईहरूको सुरक्षा हाम्रो जिम्मेवारी हो।”

    प्रहरीले सडक सुचारु हुनासाथ जानकारी गराइने जनाउँदै यात्रुहरूलाई अनावश्यक जोखिम नलिन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ