• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने

132
SHARES



काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो ।

यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । ‘प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो’, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।’

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ