• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

काठमाडौँको बौद्धस्थित भाटभटेनीमा ६ वटा शव भेटिए

1.3K
SHARES



काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ ।

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।

२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो ।

भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो । उक्त आन्दोलनका क्रममा अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ