• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

कोशी र लुम्बिनीमा भारी वर्षा, थप पानी पर्नसक्ने मौसमविदको चेतावनी

610
SHARES



काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा पानी परिरहेको छ ।

गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ । पछिल्लो एक घण्टामा पनि बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् । उनको अनुसार यसको प्रभाव अबको दुई–तीन दिनसम्मै देखिने पूर्वानुमान पनि छ ।

‘बादल बढ्ने क्रममा छ । रातिदेखिको कुरा गर्दा वर्षाको गतिविधि बढेको छ,’ बरिष्ठ मौसमविद कँडेलले भनिन्, ‘कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको देखिएको छ । कोशी प्रदेशपछि मधेशमा र लुम्बिनीमा पनि वर्षा भएको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन भएको छ । दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा मापन भएको छ ।

उदयपुरको गाइघाटमा एक घण्टामा ५४.६ मिलिमिटर वर्षा भएको छ । एक घण्टामै ५० मिलिमिटरभन्दा बढी पानी पर्नु भारी वर्षा हो ।

मधेश प्रदेशका सिराहाको गोलबजार, रुपनीबजार लगायतका स्थानमा पनि पानी परेको छ । बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा, रङ्सिङ लगायतका स्थानमा पनि वर्षा भएको छ ।

बरिष्ठ मौसमविद कँडेलका अनुसार आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ (नेपालतर्फ) सर्ने सम्भावना छ । यदि नेपाल नजकि आएमा पानी पर्ने क्रम झन् बढ्ने सम्भावना रहने मौसमविदहरु बताउँछन् ।

‘अहिले झापा र बाँकेमा गएको तीन घण्टादेखि भारी वर्षा भइराखेको छ र पूर्वी तराईमा अझै ठूलो वर्षा हुनसक्ने सम्भावना पनि छ’ वरिष्ठ मौसमविद कँडेलले भनिन् ।

देशभर एकनासले झरी नपरेर कुनै–कुनै क्षेत्रमा मात्र ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ