• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने

1.3K
SHARES



काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। शुक्रबार राति शीतल निवासमा आयोजित समारोहमा उनले मुलुकको ४२ औं प्रधानमन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्।

जेन–जीहरूको मागको सम्बोधन गर्दै ६ महिना (फागुन) भित्र प्रतिनिधि सभा निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दियो।

कार्कीले आजै सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछिन्। आजै मन्त्रिपरिषद बैठक बसेर प्रतिनिधि सभा विघटन हुनेछ। अहिलेलाई सबै मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहने गरी मन्त्रिपरिषद गठन गरिएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ