• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जेन-जी आन्दोलनमा भएको घटनाप्रति नेपाली जनप्रगतिशील मोर्चा कुवेतको कडा भर्त्सना

    775
    SHARES



    कुवेत । जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको अमानवीय दमनको कडा भर्त्सना गर्दै नेपाली जन प्रगतिशील मोर्चा कुवेत (बहुमत निकट) ले राज्यको तानाशाही प्रवृत्तिको विरुद्ध आक्रोश व्यक्त गरेको छ। मोर्चाले उक्त घटनालाई “नरपिचास सरकारद्वारा निर्दोष युवा–युवतीहरूको हत्याको वीभत्स उदाहरण”को रूपमा चित्रण गरेको छ।

    मोर्चाका अध्यक्ष विकल्प र महासचिव सुरेश कालिकोटेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन तथा बिचौलियाहरूको साँठगाँठमा बनेको सरकारले २३ भदौमा प्रदर्शनरत युवाहरूलाई दमन गरेर २० जनाको हत्या र सयौंको संख्यामा घाइते बनाएको आरोप लगाइएको छ।

    मोर्चाले घटनामा ज्यान गुमाएका महान् सन्तानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    प्रेस विज्ञप्तिमा सामाजिक जेन–जी आन्दोलनका मागहरूलाई पूर्ण नैतिक समर्थन जनाइएको छ। साथै, यस्तो क्रूर घटनाविरुद्ध सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई आन्दोलनमा एकजुट भई सहिदहरूको सपना पुरा गर्न आग्रह गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ