• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

    1.6K
    SHARES



    काठमाडौँ । संसद् भवनमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् । मंगलबार आक्रोशित प्रदर्शनकारीहरुले संसद् भवनमा आगो लगाएका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

    प्रदर्शनकारी छिरेपछि सबैभन्दा पहिले कानुन आयोगको टहरामा आगो लगाए। त्यसपछि भिआइपी क्यान्टिन र संसदको सभामुखहरु बस्ने पछिल्लो साइडमा आगो लगाइएको थियो। सुरक्षाका लागि बस्ने प्रहरीको भवनहरुमा पनि प्रदर्शनकारीले आगो लगाएका हुन्।

    ‘आगो लगाएपछि ज्यान जोगाएर म पनि बाहिर निस्केँ,’ अग्नि नियन्त्रक गिर बहादुर पुनले भने, ‘भवनमा पुरै धुवाँको मुस्लो छ। प्रहरीले अश्रु ग्यास हानेपछि हामी बाहिर निस्कियौँ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ