काठमाडौँ । नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा मंगलबार बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् ।
अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । ‘हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,’ एकजना युवाले भने ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।
जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन् भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया