• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

आन्दोलनमा १९ जनाको ज्यान गएपछि सरकारद्वारा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुला

1.1K
SHARES



काठमाडौं । सरकारले केही दिनअघि लगाएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अन्ततः फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्जालहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

सरकारले सञ्जाल बन्द गर्ने निर्णयमा कुनै गल्ती नभएको जिकिर गर्दै मन्त्री गुरुङले भने, “विरोधलाई शान्त पार्नका लागि खुलाउने निर्णय गरिएको हो, यसमा सरकारलाई पश्चाताप छैन।” प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा एक्स (पूर्व ट्विटर)को रवैयाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको दाबी गरेका थिए।

उनले भने – “कुनै पनि व्यापारीले तिम्रो ब्यापार नेपालको कानुन अनुसार दर्ता गरेर मात्र नेपालमा चलाउ वा कानुनको पालना गर भन्दा त्यसलाई अस्वीकार गर्नु नेपाल राष्ट्रको अपमान समेत हो।”

तर, सामाजिक सञ्जाल बन्दको घोषणापछि देशभर विशेषगरी जेन-जेड पुस्ताले तीव्र विरोध प्रदर्शन गरेका थिए। काठमाडौंमा मात्र १७ र इटहरीमा २ जनाको मृत्यु भएपछि सरकारलाई निर्णय फिर्ता लिन बाध्यता आइपरेको छ। सत्तारुढ दलभित्रै पनि निरन्तर दबाब बढ्दै गएपछि अन्ततः प्रतिबन्ध खारेज गरिएको हो।

गत भदौ १९ गते मन्त्रालयस्तरीय निर्णयमार्फत सामाजिक सञ्जालहरू नेपालमा नचल्ने गरी बन्द गरिएका थिए। तर जनदबाब र आन्दोलनका कारण उक्त निर्णय ४ दिन पनि टिक्न नसकी आजदेखि फेरि सर्वसाधारणले सहज रूपमा प्रयोग गर्न पाउने भएका छन्।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ