• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

ओलीको दावी : लिपुलेकबारे चीनसँग स्पष्ट रुपमा कुरा गरेको छु, भारतसँग पनि गर्छु

860
SHARES



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको विषय स्पष्ट रुपमा उठाएको बताएका छन्।

शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनलाई उद्घाटन गर्दै उनले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भएको सहमतिप्रति नेपालको असहमति प्रस्ट रूपमा प्रस्तुत गरिएको बताए।

“चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय औपचारिक वार्तामा मैले अन्य विषयसँगै लिपुलेकबारे स्पष्ट रूपमा कुरा राखें। हाम्रो भूमि प्रयोग गरेर व्यापार आदानप्रदान गर्ने सम्झौता दुई देशबीच गर्न मिल्दैन भन्ने कुरा मैले औपचारिक रूपमा राखेको छु। यो अडियो, भिडियो र नोट सबैमा रेकर्ड छ।” प्रधानमन्त्री ओलीले भने।

उनका अनुसार, जवाफमा राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पूर्ण सम्मान हुने आश्वासन दिएका थिए। ओलीले उद्धृत गर्दै भने, “कुनै हालतमा पनि नेपालका सार्वभौमसत्ता र भू-भागमाथि असर पर्ने छैन। यो भारत–नेपालबीचको विषय हो, जसलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नु पर्छ भन्ने हाम्रो धारणा छ। यसबारेमा चीनको समर्थन दृढ छ।”

प्रधानमन्त्री ओलीले यस विषयमा भारतसँग चीनसंग नै कुरा गरेजसरी नै स्पष्ट रुपमा वार्ता गर्ने तयारी रहेको उल्लेख गरे। “यो समस्याको समाधान भारतसँगै गर्नुपर्ने भएकाले हामी भारतसँग पनि गम्भीर रूपमा कुरा गर्नेछौं,” उनले स्पष्ट पारे।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ