• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

नक्कली कागजात बनाएको आरोपमा सामाखुसीबाट तीन जना पक्राउ

0.9K
SHARES



काठमाडौं । काठमाडौंको सामाखुसीबाट नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्।

आइतबार दिउँसो २ बजे सामाखुसीबाट तीन जनालाई नक्कली कागजातसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

गोरखाका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतका सन्देश गौतम र काभ्रेका सबिन आले पक्राउ परेका हुन्। अचल लामिछानेले इजी सप सञ्चालन गरेका थिए।

त्यस पसलमा उनीहरूले एसइई, प्रहरी रिपोर्ट, विभिन्न होटलमा काम गरेका अनुभव लेटर लगायतका नक्कली कागजात बनाएको पाइएको एसपी बोहराले बताए।

सरकारी कागजात किर्ते गरी बेचबिखन गरेको आरोपमा प्रहरीले उनीहरूलाई फेला पारेर पक्राउ गरेको हो। कम्प्युटर तथा कागजात बरामद गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका तीन जनामाथि पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ