• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुदूरपश्चिममा गौरा पर्वको चहलपहल

    1.3K
    SHARES



    कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको रौनक सुरु भएको छ । रोजगारीका लागि अन्यत्र गएका पनि घर फर्किएसँगै बस्तीभरि चाडपर्वको चहलपहल छ । नयाँ पहिरनमा सजिएका महिलाहरू माङ्गल र फाग गाउँछन् भने पुरुषहरूले खेल र देउडाले गाउँ रमाइलो बनाएका छन् ।

    साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । भाद्र महिनामा मनाइने गौरामा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरादेवीका रूपमा पूजिन्छ । शुक्ल पक्षमा परेको ‘उज्याली गौरा’लाई विशेष महत्व दिइन्छ ।

    विवाहित महिलाले यस पर्वमा दुवधागो धारण गर्ने परम्परा छ । बिरुडा पञ्चमीदेखि सुरु हुने यो पर्व दुर्वाष्टमी (अठ्यावाली) का दिन विशेषरूपमा मनाइन्छ । यस दिन महिलाले सामूहिक पूजा गर्दै गौराको प्रसाद आकाशतर्फ फाल्छन् र देवीको आशीर्वादका रूपमा ग्रहण गर्छन् ।

    गौरापछि गाउँमा पुरुष–महिला दुवैको सहभागितामा देउडा, धमारी, चैतजस्ता खेल चल्ने र अन्ततः विसर्जन गर्ने परम्परा छ । विशेषज्ञहरूका अनुसार गौरा केवल धार्मिक मात्र नभई सामाजिक, सांस्कृतिक र नारी सम्मानसँग जोडिएको मौलिक पर्व हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ