• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज थारू समुदायको अटवारी पर्व, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

    772
    SHARES



    दाङ । पश्चिम तराईका थारू समुदायले आज विविध सांस्कृतिक कार्यक्रमसहित अटवारी पर्व मनाइरहेका छन्। यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बसेर मनाउने परम्परा छ।

    थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारी तिजजस्तै महत्त्वपूर्ण पर्व हो। दाजुभाइले पानीसमेत नखाई व्रत बस्ने, रोटी, दही, फलफूललगायत परिकार देवतालाई चढाउने र दिदीबहिनीका लागि अग्रासन छुट्याएर पर्व मनाउने परम्परा छ। दोस्रो दिन भात–तरकारी पकाई अर्पण गरिन्छ।

    पौराणिक कथाअनुसार टवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रौपदी सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

    यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले थारू बहुल दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ