• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    फिनल्याण्डका ३० वर्षीय सांसदले संसदभित्रै त्यागे प्राण

    320
    SHARES



    काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले संसदभित्रै प्राण त्यागे गरेका छन् । उनले आफ्नो ज्यान आफै लिएको बताइएको छ । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए ।

    पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो ।

    सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसदका केही समितिहरूमा काम गर्थे । साथै उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कम उमेरका बोर्ड अध्यक्ष समेत थिए ।

    एसडीपीकी नेतृ टायटी टुपुरैनेनले भनिन्, ‘इमेलीको मृत्युले हामीलाई अत्यन्तै दुःखी बनाएको छ। उनी सबैलाई निकै मन पर्ने नेता थिए । यति कम उमेरमा उनको निधन हुनु निकै पीडादायी छ।’

    पूर्व रक्षामन्त्री एन्टी क्याक्कोनेनले एक्समा लेखेका छन्, ‘इमेली एक होनहार सांसद थिए । उनी असाधारण रूपमा असल र दयालु व्यक्तित्वका धनी थिए ।

    हाल प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको देखिएको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ