चितवन । नेकपा (बहुमत) का चितवन जिल्ला सेक्रेटरी ध्रुव खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।
चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा उनलाई प्रहरीले मंगलबार साँझ गिरफ्तार गरेको हो ।
बहुमतले भने खड्कालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेको छ । बहुमत पार्टीले लक्साल विभिन्न अनियमितता र दुराचारका घटनामा संलग्न रहेको कारणले उनलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको थियो।
लक्सालले पूर्वी चितवनका विभिन्न स्थानको जग्गा किनबेच गर्दा मोटो रकम बुझ्ने गरेको, जग्गा कारोबारमा भूमाफियासँग मिलेमतो गर्ने र उनीहरूलाई सहयोग पुर्याएको आरोप छ।
साथै, सेवाग्राहीबाट विभिन्न शीर्षकमा रकम असुल्ने र कार्यालयमा तोकिएको समयभन्दा सधैं ढिलो उपस्थित हुने जस्ता कार्यमा संलग्न रहेको दाबी गरिएको छ।
प्रतिक्रिया